Breaking News

पाँच साथीभाइ मिलेर नारायणीमा गएका थिए पौडी खेल्न,एक जनाको डुबेर मृत्यु

Banner

भरतपुर,असार ५-

नारायणी नदीमा पौडी खेल्न गएका एक जना किशोरको डुबेर मृत्यु भएको छ । आज (सोमबार) ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका १६ गणेश मन्दिर नजिकै रहेको नारायणी नदीको छेउमा जमेको पानीमा पौडी खेल्न गएका भरतपुर १५ सुर्यनगरका १५ वर्षिय किशोर मेक्सन पुन मगर डुबेर मृत्यु भएको हो । उनिसहित पाँच जना साथिहरु पौडी खेल्न नारायणीमा गएका थिए ।

पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका उनको वडा प्रहरी कार्यालय नारायणगढको विपद व्यवस्थापनसहितको टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो । मगरको भरतपुर अस्पताल ल्याए लगत्तै चिकित्सकले मृत्यु भएको जनाएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>