चितवन विशेष

चितवनमा सालकको खपटा ओसारपसारमा संलग्न पाँच जना पक्राउ

Banner

चितवन,असार ३१-

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मी र नेपाली सेनाको संयुक्त टोलीले संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसारपसारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। निकुञ्ज कार्यालयलाई प्राप्त विशेष सूचनाका आधारमा असार ३० गते साँझ ६ः४५ बजे रत्ननगर नगरपालिका–९ स्थित टिकौली वन नजिकै उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई समातिएको हो।

संयुक्त टोलीले शंका लागेका व्यक्तिहरूको निगरानी गरी पछ्याउँदै जाँदा तीनवटा मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। पक्राउ परेकाहरूमाथि नियमानुसार अनुसन्धान थालिएको छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी एवम् संरक्षण अधिकृत अविनाश थापा मगरद्वारा जारी विज्ञप्तिमा संरक्षित वन्यजन्तुको अंग ओसारपसारमा संलग्नहरूमाथि कडा कारवाही गरिने उल्लेख गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>