चितवन विशेष
चितवनमा भेटियो पुरुषको शव, रसुवा बाढीमा बेपत्ता भएकाको हुनसक्ने आशंका
०

चितवन, असार २६-
चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला पुरुषको शव फेला परेको छ । कालिखोला स्थित त्रिशूली नदिको किनारामा अन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको हो ।
केही अङ्ग नभएको शव त्रिशूली नदिको किनारामा भेटिएको शवको भने पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ । शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुन सक्ने आशंका गरिएको छ ।
हाल सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेश भालढुंगा र नेपाल प्रहरीको संयुक्त टोलीले आवश्यक मुचुल्का उठाई शव भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























