चितवन विशेष

रसुवा बाढीः बेपत्ता भएका असईको शव चितवनमा भेटियो

Banner

चितवन,असार २४-

रसुवाको बाढीमा बेपत्ता भएका एक प्रहरीको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा भेटिएको छ । बाढीमा बेपत्ता तीन प्रहरीमध्ये असई लालबहादुर श्रेष्ठको शव मंगलबार साँझ त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।

उनको शवको एउटा खुट्टामा प्रहरीको बुट भेटिएको थियो । श्रेष्ठको पहिचान उनको श्रीमतीले गरेकी थिइन् । प्रहरी चौकी हाकु रसुवामा दरबन्दी रहेका उनी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>