चितवन विशेष

आफ्नो सचिवालयबाट अफबाह फैलिएको पुष्टि गर्न मेयर दाहालको चुनौती

Banner

भरतपुर,असार २४-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रधानमन्त्रीसंग स्पेन गएर नर्फिएको भन्ने बिषयमा आफ्नो सचिवालयबाट कुनैपनि अफबाह नफैलाइएको स्पष्ट पार्नुभएको छ । फेसबुक स्टाटस लेख्दै मेयर दाहालले सो कुरा बताउनुभएको हो । आज प्रधानमन्त्री सचिवालयले मेयर दाहालको सचिवालयबाट प्रधानमन्त्रीसंग स्पेन गएकाहरु नफर्किएको भनेर अफबाह फैलाउन सुरु गरेको आरोप लगाएको थियो । सो सम्बन्धि समाचारप्रति खण्डन गर्दै मेयर दाहलले आरोप पुष्टि गर्न समेत चुनौती दिनुभएको छ ।

‘तथ्यहिन समाचार संप्रेषण गरिएकोमा आपत्तिसहित गम्भिर ध्यानाकर्षण भएको छ । मेयर रेनु दाहालको सचिवालयबाट आधिकारिक ढंगले अफबाह फैलाएको पुष्टि गर्न चुनौती दिन चाहान्छु । बरु पिएम सचिवालयले सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्दछु, उहाँले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्नुभएको छ ।’ उहाँले व्यक्ति बिषेशका कुरा लिएर सचिवालयलाई अनावश्यक रुपमा नजोड्न आग्रह गर्दै स्वयम सम्बन्धित व्यक्तिनै जिम्मेवार रहने बताउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>