Breaking News

गत बुधबार बढेको अण्डाको मूल्य पुनः बढ्यो

Banner

काठमाडौँ, असार २०-

मागअनुसारको उत्पादन नहुँदा बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार अत्यधिक गर्मीका कारण मागअनुसारको उत्पादन नहुँदा बजारमा अण्डाको मूल्य बढेको हो।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अहिले प्रतिक्रेट १५ रूपैयाँका दरले अण्डाको मूल्य बढेको छ। गत साता बुधबार पनि अण्डाको नयाँ मूल्य तोकिएको थियो।

हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ। किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ६५, ठूलो अण्डा चार सय ९५ र एक्सेल अण्डा पाँच सय १५ रूपैयाँ तोकिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>