चितवन विशेष

विद्यार्थीसँग प्रज्ञा कार्यक्रम विश्वप्रकाश माविबाट सुरुवात

Banner

विपिन पाठक
चियवन, असार १२-
भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानले विद्यार्थीहरूलाई रचनात्मक लेखनमा सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरेको विद्यार्थीसँग प्रज्ञा कार्यक्रम विश्वप्रकाश माध्यमिक विद्यालय भरतपुरबाट सुरु गरेको छ ।
भरतपुर-१५ स्थित विश्वप्रकाशमा एक समारोहका बीच कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विद्यालयका ६० बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कथा कविता तथा रचनात्मक लेखन मार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक प्रज्ञा प्रतिष्ठान सदस्य एवं कवि प्रकाश चापागाईंले जानकारी दिनुभयो।
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा साहित्यकार केदारनाथ खनाल विद्यालयका प्रधानाध्यापक जयकृष्ण शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। उपस्थित विद्यार्थीहरूलाई कवि विदुर अधिकारी तथा पदम अर्यालले कविता लेखन सम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गर्नुभएको थियो । विद्यार्थीसँग प्रज्ञा कार्यक्रम विहिबार नारायणी नमुना माध्यमिक विद्यालयमा सञ्चालन गरिएको छ । अन्य केही विद्यालयमा समेत कार्यक्रम आयोजना गरिने उपकुलपति इन्द्र रेग्मीले बताउनुभयो। उक्त प्रशिक्षण कार्यक्रममा सहभागी भएर आफूलाई कविता लेखनमा धेरै ज्ञान भएको सहभागी विद्यार्थी समीक्षा राईले बताउनुभयो । ` मलाई कविता लेख्न मन त लाग्थ्यो तर तरिका जानेकी थिएन, आजको कार्यक्रमले धेरै कुरा सिकेकी छु अब कोसिस गर्छु´राईले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>