चितवन विशेष
श्रीमान्को कुटपिटबाट भरतपुरमा दुई महिला घाइते
०

भरतपुर,असार ११-
श्रीमान्को कुटपिटबाट चितवनमा दुईजना महिला घाइते भएका छन् । कुटपिट गर्ने श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका -११ नौरङ्गेमा मंगलबार साँझ आठ बजे २५ वर्षीया महिलालाई उनका श्रीमानले कुटपिट गर्नुका साथै खुकुरीले शरिरका विभिन्न ठाउँमा प्रहार गरेका थिए ।
घाइतेको अवस्था मध्यम छ । उनको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि फरार रहेका श्रीमान्लाई प्रहरीले एक घण्टापछि नियन्त्रणमा लिएको थियो । यस्तै भरतपुर ५ कैलासनगरमा- ३१ वर्षकी महिलालाई उनका श्रीमान्ले कुटपिट गरेका छन् । मंगलबार राति १० बजे भएको उक्त कुटपिटमा महिलाको टाउकोमा चोट लागेको छ । मध्यम घाइते अवस्थाकी महिलाको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ । श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















