चितवन विशेष
भाउजुलाई बचाउन खोज्दा आँफै बगे

चितवन, असार ८-
नारायणी नदीमा हाम फालेकी भाउजुलाई बचाउन गएका पुरुष आफु नै बगेका छन् । देवघाट नजिकै नारायणी नदी माथी रहेको पार्कबाट हाम फालेकी भाउजुलाई बचाउन गएका नुवाकोट स्थित विदुर नगरपालिका ६ का ५२ वर्षिय नारायण रिमाल बगेका हुन् ।
रिमाललाई चितवन प्रहरी र स-सस्त्र प्रहरीले भरतपुर महानगरपालिका ३ स्थित नारायणी पुल मुनिबाट जीवितै उद्वार गरेको छ । यस्तै नदीमा हाम फालेकी भाउजु ५८ बर्षिया सारदा रिमालले भने अझै बेपत्ता रहेको चितवन प्रहरी जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरु दर्शन गर्न आज बिहान देवघाट गएका थिए ।
नारायणी नदी माथी रहेको पार्कमा आराम गर्न बसेको बेला नजिकै पसलमा चुरोट किनेर फर्कने क्रममा भाउजुले नदीमा हाम फालेको देखेपछि बचाउन आफु नदिमा पसेको नारायणले प्रहरीलाई बताएका छन् । उनलाई स्थानीयले नाराणीमा बग्दै आएको देखेपछि प्रहरी जानाकारी गराएका थिए । उनलाई प्रहरीले आज बिहान साढे ११ बजे उद्धार गरेको थियो ।
अहिले उनी उपचार पश्चात भरतपुर अस्पतालबाट डिस्चार्ज समेत भएको प्रहरीले जानकारी दिएको छ । घर परिवारबाट समेत बेपत्ता भएको प्रहरीकोमा उजुरी आएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।






















