चितवन विशेष
सुनको मूल्य ८०० घट्यो,चाँदीको मूल्य कति ?
०

चितवन,असार ६-
नेपाली बजारमा आज (शुक्रबार) सुन प्रतितोला ८०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य नै घटेर कारोबार भएको हो । सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य ५० रुपैयाँ घटेर दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















