Breaking News

विश्वकप लिग-२ : आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

Banner

काठमाडौं,जेठ २७-

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (मंगलबार) नेदरल्यान्ड्ससँग भिड्दै छ। स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा हुने खेल दिउँसो पौने चार बजे सुरु हुनेछ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको नेपाली टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छ। सिरिजको तिन मध्य दुई खेलमा जित र एक खेलमा हार भोगेको नेपाली टोली आज नेदरल्यान्डलाई हराउँदै सिरिजमा सुखद अन्त्य गर्न चाहन्छ। नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्डमाथि ५ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको नेपाल सिरिजमा तेस्रो जितको खोजीमा छ।

उता सिरिजमा आफुले खेलेको दुई खेलमा लगातार हार भोगेको नेदरल्यान्डस पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा नेपालसँग पराजित भएको नेदरल्यान्ड्स दोस्रो खेलमा स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो। लिग–२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा छ। लिगको १५ खेलमध्य चार खेलमा जित, ९ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकमा तालिकाको सातौँ स्थानमा छ।

उता लिगमा सर्वाधिक २२ खेल खेलेको नेदरल्यान्ड्सले १२ खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँड्दै २६ अंकमा तालिकाको दोस्रो स्थानमा छ। लिग–२ पछि नेपाली टोलीले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी–२० आइ सिरिज खेल्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>