Breaking News

ट्रम्पले १२औँपटक भनेः मैले गर्दा भारत–पाकिस्तान युद्ध रोकियो

Banner

काठमाडौं,जेठ २५-

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक भारत र पाकिस्तानबीचको युद्ध आफूले रोकेको दाबी गरेका छन्। उनले आफूले हस्तक्षेप नगरेको भए यो लडाइँ आणविक युद्धमा परिणत हुन सक्ने जिकिर गरेका हुन्। आफ्नो आधिकारिक विमान एयर फोर्स वानमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले व्यापारलाई हतियारका रूपमा प्रयोग गरेर दुवै देशलाई तुरुन्तै झडप रोक्न बाध्य पारेको दाबी गरे।

योसमेत ट्रम्पले यस विषयमा अहिलेसम्म १२ पटक बोलिसकेका छन्। ट्रम्पले भने- मैले त्यस्तो काम गरेँ, जसका बारेमा मानिसहरू धेरै कुरा गर्दैनन् र म पनि धेरै बोल्दिनँ। हामीले भारत र पाकिस्तानबीचको एक प्रमुख सम्भावित आणविक समस्या समाधान गर्‍यौँ। मैले दुवै देशका नेताहरूसँग कुरा गरेँ। दुवै देश एकअर्कामाथि आक्रमण गर्न तयार थिए र यो आणविक युद्धको लेबलसम्म जान सक्थ्यो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>