चितवन विशेष

पोखराबाट आज पनि २० वटा पर्यटक गाडी स्कर्टिङ गरेर काठमाडौँ र चितवन पठाइयो

Banner

पोखरा,जेठ २०-

पोखराबाट आज पनि पर्यटक सवार २० वटा गाडी स्कर्टिङ गरिएको छ। पोखराबाट काठमाडौँ र चितवनका लागि २० वटा पर्यटक गाडी स्कर्टिङ गरेर गन्तव्यको लागि पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।  पर्यटक सवार १७ वटा गाडी काठमाडौँ र तीनवटा चितवनतर्फ स्कर्टिङ गरिएको उनले बताए।

यसैगरी मुक्तिनाथ दर्शन गरि फर्किएका तिर्थयात्री सहितको एउटा इभि भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौँ पठाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले स्कर्टिङ गरेको हो। ती सबारी साधनमा ६ सयभन्दा धेरै यात्रु सवार रहेका डीएसपी थापाले जानकारी दिए। यसअघि आइतबार र सोमबार पनि प्रहरीले पोखराबाट पर्यटक गाडी स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>