Breaking News

पूर्वमन्त्री अफताब आलमले पाए सफाइ

Banner

काठमाडौं,जेठ १४-

पूर्वमन्त्री अफताब आलमले सफाइ पाएका छन् । उनले बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट सफाइ पाएका हुन् ।कांग्रेसका पूर्वसांसदसमेत रहका आलमलाई न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको उच्च अदालत जनकुरको अस्थायी इजलास वीरगन्जका रजिस्ट्रा दीपक भण्डारीले जानकारी दिए ।

इजलासले आलमको घरमा ०६४ चैत १७ मा बम विस्फोटको प्रमाण पुष्टि हुन नसकेकेको ठहर गरेको छ । यस्तै, घाइते भएका भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओशी अस्करलाई ट्याक्टरमा हाली इट्टाभट्टामा जलाइएको पनि प्रमाणबाट पुष्टि गर्न वादी पक्षले नसकेको इजलासको ठहर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>