चितवन विशेष

शान्तिश्री परियार र गोपाल सापकोटाको “गोजी रित्तैछ”ले छोटो समयमै पायो चर्चा

Banner

भरतपुर,जेठ ५-

लोकप्रिय कलाकार शान्तिश्री परियार, गोपाल सापकोटा र बाल कलाकार शुभान श्रेष्ठको आवजमा रहेको समसामायिक मार्मिक गीत “गोजी रित्तै छ” लोकप्रिय संगीत युटुव च्यालन मार्फत सार्वजनिक भएको छ । गितमा भनिएको छ, ‘प्राकृतिक सम्पदा र सौन्दर्यले भरिपूर्ण स्वर्गको अनुभुती तुल्याउने सुन्दर हाम्रो देश नेपाल जहाँ रोप्यो भने सुन फल्छ, खोज्यो भने हिरामोती पाईन्छ । व्यप्त भ्रष्टचार र राजनिति खिचातानिको कारण देश आज पनि गरिविको रेखामुनि पिरलिरहेको रहेको छ । पैसाको अभाले कति व्याक्तिहरुले अकालमा ज्यान गुमाउनु पेरेका छ ।’

रोजगारको खोजीमा लाखौ युवाहरु विदेशी भुमीमा आफ्नो पसिना तप्तप् चुहाई रहेका छन भने कति चेलीहरुले आफ्नो शरिर बेच्न वाध्य छन् भन्ने कुरालाई गितले उजागर गरेको छ । देशमा केही गर्छु भनेर उच्च शिक्षा हासिल गरेका लाखौ युवाहरु वेरोजगार भई तनावग्रस्त जिवन बिताइरहेका छन भने कति व्याक्ति आफनो व्यवसाय चुर्लुम्म डुवेर आत्म हत्या गर्न बिवस भएको तितो यथार्थलाई गीतको शव्द र भिडियो मार्फत उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ । गीत छोटो समयमा सामाजिक संजालमा चर्चामा छ भने युटुवमा पनि २ दिनमै चालिस हजार हाराहारीले हेरिसकेका छन ।

गोपाल सापकोटा, सारीका के.सी. र बालकलाकार शुभान श्रेष्ठले अभिनय गर्नुभएको गीतमा भिडियो निर्देशन गोपाल सापकोटा, छायाँङ्कन मरुभुमी नारायण, सम्पादन रोशन धितालले गुर्नभएको छ । गीतमा संगीत गोपाल सापकोटाले भर्नुभएको छ भने शब्द रचना गोपाल सपकोटा र रोशन क्षेत्रीको गर्नुभएको छ ।

सापकोटाका एक र्दजन गीतहरु बजारमा आएका छन् । यसअघि आएको “तोरी पेले तेल” गीत पनि लोकप्रिय बनेको थियो । बाग्लुङ जिल्ला जैमिनी २ दमेकमा जन्मनुभएका उहाँ हाल भरतपुर महानगरपालिका ९ मा बस्दै आउनुभएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>