चितवन विशेष

चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट २७ वर्षीया युवा मृत्यु

Banner

चितवन, जेठ १-

चितवनको रत्ननगर नगरपालिकामा ट्रकले ठक्कर दिदाँ एक युवाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका १ स्थित सौराहा चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

प्रहरीका अनुसार रत्ननगर नगरपालिका ९ बस्ने २७ वर्षीया किशोर श्रेष्ठको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको थियो । दुर्घटनामा घाइते स्कुटरमा पछाडी सवार सागर बुढाथोकीलाई अस्पतालले उपचारपछि डिस्चार्ज गरेको छ ।

हिजो (बुधबार) किशोरले चलाएको ना ६४ प ४३३ नम्बरको स्कुटरलाई ७ः४५ बजे भरतपुरबाट खैरहनी तर्फ जाँदै गरेको ना ६ ख ६२८२ नम्बरको खाली ट्रकले ठक्कर दिएको प्रहरीले जानकारी दियो । प्रहरीले हाल ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>