चितवन विशेष

नारायणगढको लायन्सचोकमा स्कार्पियोको ठक्करबाट स्कुटर चालकको मृत्यु

Banner

भरतपुर,जेठ २-

चितवनको भरतपुर महानगरपालिका वडा नं-२ लायन्स चोकमा स्कार्पियोको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ । चौबिसकोठीबाट लायन्स चोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०१ प ११७३ नम्बरको स्कुटरलाई लायन्स चोकबाट चौबिसकोठीतर्फ जाँदै गरेको बा १५ च १७३७ नम्बरको स्कार्पियोको ठक्करबाट गम्भीर घाइते स्कुटर चालक भरतपुर–१५, मंगलपुर बस्ने ५३ वर्षीय दीपक ढुङ्गानाको नयाँ मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुवै सवारीसाधन र स्कार्पियो चालक बाराको कोल्बी–९ बस्ने २८ वर्षीय राधेश्याम खड्का वडा प्रहरी कार्यालय नारायणगढको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>