Breaking News

‘हजार वर्ष भुरे टाकुरेले शासन गरे, २५० वर्ष शाहवंश देश विकासको तगारो’

Banner

काठमाडौं,बैशाख २८-

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास हुनु नसक्नुको पछाडि राजामहाराजाहरूको शासनको दोष रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन।

‘हजार वर्ष भन्दा लामो समय विभिन्न नामका भरे टाकुरे राजाहरुले हाम्रो मुलुकको स्रोत र सम्पत्तिमाथि शोषण र जनतामाथि हुकुमी शासन चलाउँदै आए,’ प्रधानमन्त्री ओलीले भने, ‘पछिल्लो अढाई सय वर्षजति शाह वंशिय सामन्ती व्यवस्था मुलुकको अग्रगतिमा तगारो बन्यो।’

अनिर्वाचित परिवार र वंश आधारित संस्था वा तन्त्र कायम राख्ने, परिमार्जन गर्ने वा मिल्काउने भन्ने प्रश्नलाई नेपालले २०६२/०६३ को परिवर्तनमार्फत निष्कर्षमा पुर्‍याएको उनले बताए। उनले भने, ‘०७२ सालमा जारी संविधानमार्फत संस्थागत गर्‍यौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>