चितवन विशेष
सकियो घर बनाउने मेला,पन्ध्र हजारले गरे अवलोकन

भरतपुर,बैशाख २८-
उद्योग वाणिज्य संघ चितवनको परिसरमा बिहिवारदेखि शुरु भएको घर बनाउने मेलामा १५ हजारले अवलोकन गरेका छन । युवा व्यवसायीहरुको संस्था भी ग्रुप र निर्माण कम्पनी एसवन होम्सको आयोजनमा बैशाख २५ देखि तीनदिने मेला शनिबार सकिएको हो । मेलामा शुरुका दिनदेखिनै अवलोकनकर्ताको उल्लेखनिय सहभागिता रहेको र शनिबार सम्म १५ हजारले अवलोकन गरेको मेला संयोजक विपिन कंडलले जानकारी दिए । उनले मेलामा अपेक्षा गरेको भन्दा धेरै अवलोकनकर्ता आएको बताए ।
मेला सम्पन्न गर्न चितवनका सातै स्थानीय तह, नीजि क्षेत्र, सरकारी तथा गैर सरकारी संस्थाहरुसंँग समन्वय र सहकार्य गरिएको थियो । मेलामा घर बनाउन लागेका सेवाग्राही, व्यवसायी, विद्यार्थी तथा सरोकारवालाहरुको सहभागिता रहेको उनले बताए । मेलामा ३० वटा स्टका साथै नेपाल राष्ट्रिय भवन संहिता कार्यान्वयन तथा वर्तमान अवस्थाको बारेमा अन्तरक्रिया गरिएको एसवन होम्सका अध्यक्ष सुरज न्यौपानेले जानकारी दिए । घर बनाउने मेला चितवनमा पहिलोपटक आयोजना गरिएको हो ।























