चितवन विशेष
चितवनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई भोलि प्रशिक्षण दिइँदै, प्रदिप ज्ञवाली आउने
०

चितवन, बैशाख २५ –
चितवनमा नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइने भएको छ । नेकपा एमाले चितवनको आयोजनामा चितवनबाट स्थानीय, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन लागिएको हो ।
प्रशिक्षण कार्यक्रममा नेकपा एमाले उप महासचिव प्रदिप ज्ञवालीको प्रमुख उपस्थिति रहने एमाले चितवनका अध्यक्ष कमल राज पाठकले जानकारी दिए । विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा कार्यक्रम हुन लागेको हो ।
प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिसहित नेकपा एमाले वार्ड कमिटी र पालिका कमिटीका पदाधिकारी र सम्पूर्ण जिल्ला कमिटीलाई समेत सहभागी गराइँदैछ । सोही अनुसार प्रशिक्षण कार्यक्रममा सहभागि हुन अध्यक्ष पाठकले आह्वान गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























