चितवन विशेष

जस्मीन पेन्ट्सले उत्कृष्ट डिलरलाई अष्ट्रेलिया भ्रमण गरायो

Banner

चितवन, वैशाख २५–

नेपाली रङ उद्योगमा अग्रणी स्थानमा रहेको जस्मीन पेन्ट्स लिमिटेडले आफ्ना उत्कृष्ट डिलरहरुलाई अन्तर्राष्ट्रिय भ्रमणका लागि अस्ट्रेलिया लगेको छ ।

डिलरहरूको अबिस्मरणीय योगदानको कदरस्वरूप कम्पनीले यस भ्रमण कार्यक्रमको आयोजना गरेको हो । डिलरहरूलाई व्यवसायिक प्रेरणा प्रदान गर्ने उद्देश्यले गरिएको यस भ्रमणमा सहभागीहरूले सिड्नी, मेलबर्न लगायतका प्रमुख शहरहरूको अवलोकन गर्ने छन् । साथै उनीहरूले त्यहाँको पेन्ट्स उद्योग, निर्माण प्रविधि तथा अन्तर्राष्ट्रिय बजारको चलन प्रत्यक्षरूपमा अध्ययन गर्न पाउने छन् ।

कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मण अर्यालले जस्मीन पेन्ट्सको सफलता केवल उत्पादन र प्रविधिमा मात्र सिमित नभई डिलर साथीहरूको समर्पण नै सफलताको आधार रहेको र व्यवसायिक क्षमतामा अझ निखार ल्याउन यस प्रकारका अन्तर्राष्ट्रिय भ्रमणको अनुभवहरु अत्यन्तै उपयोगी हुने बताउनुभयो ।

यस्तै कम्पनीका ब्रान्ड एम्बेसडर तथा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले यो भ्रमण केवल रमाइलोको लागि मात्र नभई, नयाँ प्रविधि, ग्राहक सेवा शैली र निर्माण व्यवसायप्रतिको दृष्टिकोण बुझ्न सहयोगी हुने बताउनुभयो । साथै उहाँले भ्रमणका क्रममा अस्ट्रेलियाको सिड्नी तथा मेलबर्नमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानहरु समेत अवलोकन गर्ने योजना रहेकोले आफुलाई खुशी लागेको बताउनुभयो ।

चितवनको नारायणगढमा रहेको जस्मिन पेन्ट्स देशैभर डिलर नेटवर्कमार्फत नेपाली बजारमा विशिष्ट पहिचान बनाउन सफल कम्पनी हो । यस भ्रमणले कम्पनि र डिलर बीचको सम्बन्धलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>