चितवन विशेष
वल्र्डलिंकको ‘बीट दि स्पीड’ कार्यक्रम हुँदै, चितवनमा जेठ ३ गते हुने
०

चितवन, वैशाख २४–
इन्टरनेट प्रदायक संस्था वल्र्डलिंक कम्युनिकेशन प्रा.लि.ले क्रिकेटको बलिङ गर्ने गतिको क्षमता जाँचका लागि दोस्रो संस्करणको ‘बीट दि स्पीड’ कार्यक्रम गर्ने भएको छ ।
पूर्व झापादेखि कञ्चनपुरको महेन्द्रनगरसम्म गर्न लागिएको ‘बीट दि स्पीड’ कार्यक्रम यही वैशाख २६ गते जनकपुरबाट सुरु हुँदैछ । यस कार्यक्रममा तीव्र गतिमा बलिङ गर्न सक्ने खेलाडी छनोट गरिने छ । विभिन्न शहरबाट उत्कृष्ट खेलाडी छनोट गरि काठमाडौँमा अन्तिम प्रतिस्पर्धा गरिनेछ ।
यो कार्यक्रम चितवनमा पनि हुँदैछ । आउँदो जेठ ३ गते अपरान्ह ४ बजे नारायणगढस्थित क्याम्पाचौरमा यो कार्यक्रम गरिने वल्र्डलिंक चितवन शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभयो । यस कार्यक्रमलाई सफल बनाउन चितवन जिल्ला क्रिकेट संघ र नेपाल प्रिमियर लिगको फ्रेन्चाईज चितवन राइनोजले सहकार्य गरेको छ ।