Breaking News

पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै, आज धेरैतिर वर्षा हुने

Banner

चितवन,बैशाख २१-

गएराति गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, बागमती र कोसी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा पनि गएराति वर्षा भएको छ। मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्वतर्फ सर्दै गएको कारण अब पूर्वतर्फ पनि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

आज गण्डकी, बागमती र कोसी प्रदेशका बाँकी केही भूभागसँगै मधेस प्रदेशकोसमेत थोरै भूभागमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना देखिएको महाशाखाले आइतबार बिहान साढे तीन बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। महाशाखाका अनुसार आइतबार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासँगै हिमपात हुने सम्भावनासमेत रहेको छ।

मौसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव नेपालको मौसम प्रणालीमा परेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>