देश/प्रदेश
रञ्जिता फेरि अस्पताल भर्ना
०

कैलाली, वैशाख १८-
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छिन् । आज बिहान अत्यधिक पेट दुखेपछि उनलाई फेरि उपचारका लागि ग्रान्डीमा भर्ना गरिएको हो ।
नाउपाका संरक्षकसमेत रहेका उनका पति रेशम चौधरी रिहा भएपछि राति अबेरसम्म पार्टीको कार्यक्रममा व्यस्त रहेको र राति थप समस्या भएको नाउपा कैलाली सचिव भक्त चलाउनेले बताए ।
बुधबार बिहानदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी हिजो ग्राण्डी अस्पताल भर्ना भएकी थिइन् । जनमतसँग पार्टी एकता घोषणाको पूर्वनिर्धारित कार्यक्रमका लागि करिब १२ बजे उनी अस्पतालबाट निस्किएको सचिवालयले जानकारी दिएको छ ।