Breaking News

राजेन्द्र लिङदेङले तत्काल माफी माग्नुपर्छः कांग्रेस सह–महान्त्री परियार

Banner

चितवन, वैशाख १७–

नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियारले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेङले संसदमा बोल्दै कांग्रेस सह–महामन्त्रीहरु माथि लगाएको आरोप बारे तत्काल माफी माग्नुपर्ने बताएका छन् ।

चितवनको भरतपुरमा आज (बुधबार) दिउँसो पत्रकारहरुसंग कुरा गर्दै सह–महामन्त्री परियारले गत चैतमा राजावादीको आन्दोलनको क्रममा भाटभटेनी सुपर मार्केटमा भएको चोरीमा कांग्रेसको सह–महामन्त्रीका छोरा संलग्न भएको भन्दै लिङदेङले लगाएको आरोप निराधर भएको बताए । उनले राप्रपा अध्यक्ष लिङदेङलाई आरोप पुष्टि गर्न चुनौति दिदै तत्काल माफी माग्न आग्रह गरे । उनले संसदबाट लिङदेङले लगाएको आरोप रेकर्डबाट हटाउन पनि आग्रह गरे ।

यस्तै सह–महामन्त्री परियारले नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीलाई न्यायलको आदेश बिना पक्राउ गर्नु विधिसम्मत नभएको बताए । उनले अदालतका अधिकृतको हस्ताक्षरको भरमा पक्राउ गरिएको विषयलाई सरकारले गम्भिर रुपमा लिनुपर्ने बताए ।

सह–महामन्त्री परियारले वर्तमान सरकारको सबै काम राम्रो नभएको भन्दै नराम्रा कामको पार्टीले सधै बिरोध गर्दै जाने स्पष्ट पारे । उनले कांग्रेसको महाधिवेशन पनि निर्धारित समयमै हुने दावी गर्दै विधान बाहिर गएर महाधिवेशन नहुने दावी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>