चितवन विशेष
नारायणगढ जेसीजका सदस्यलाई नेशनल सिटी हस्पिटलमा उपचार छुट
०

चितवन, वैशाख १२-
सामाजिक सस्था नारायणगढ जेसीज र नेशनल सिटी हस्पिटलबीच उपचारमा छुट दिने सम्झौता भएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच नारायणगढ जेसीजका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठ र अस्पतालका अध्यक्ष प्रचण्डलाल प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नारायणगढ जेसीजका सदस्यहरु, तिनिहरुको परिवार र जेसिजद्वारा सिफारिस प्राप्त व्यक्तिले नेशनल सिटी हस्पिटलमा उपचार गराउदा अस्पतालले २० प्रतिशत छुट दिनेछ ।
जेसीजका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले अस्पतालमा ओपीडी सेवा र फार्मेसी सेवा बाहेकका सेवामा २० प्रतिशत छुट व्यवस्था गरिएको बताए । उनले यो सम्झौताले जेसीजका सदस्य र तिनका परिवारलाई उपचारमा सहज हुने विश्वास व्यक्त गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>





















