Breaking News
अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः ओली

काठमाडौं,बैशाख १२-
प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा प्रधानमन्त्रीसमष सञ्चारकर्मीहरूले जिज्ञासा राखेका थिए । सोही प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए । प्रधानमन्त्री ओलीले भने, अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवा थाइल्यान्डबाट आएसँगै गठबन्धनबारे छलफल गर्ने ब्रिफिङ गरेका थिए । तर सभापति देउवाले भने थाइल्यान्ड भ्रमणबाट शुक्रबार फर्किएसँगै सञ्चारकर्मीहरूसँग गठबन्धन सरकार पूरा समय चल्ने प्रतिक्रिया दिएका थिए ।
























