Breaking News

मोदीले गरे एसीसहितको जयनगर–पटना र्‍यापिड रेलको उद्घाटन, नेपाली यात्रुसमेत लाभान्वित हुने

Banner

काठमाडौं, बैशाख १२-

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर-पटनाबीचको नमो भारत र्‍यापिड रेलको उद्घाटन गरेका छन् । बिहीबार मधुबनी शहरमा एक र्‍यालीलाई सम्बोधन गर्न पुगेका मोदीले हरियो झण्डा देखाएर नमो भारत र्‍यापिड रेलको उद्घाटन गरेका हुन् । ​

नमो भारत र्‍यापिड परियोजना नेपाल र बिहारको राजधानीसँग सिमानामा रहेको जयनगर बीचको सबैभन्दा छिटो र पहिलो पूर्ण वातानुकूलित रेल हो । जयनगरबाट पटनासम्म चल्ने यो रेलमा एकैसाथ २००० भन्दा बढी यात्रुले यात्रा गर्न सक्छन् । नमो भारत र्‍यापिड रेल सञ्चालनसँगै उत्तरी बिहारका मानिसहरूको आवागमन सहज हुनेछ। यसबाट नेपाली यात्रुसमेत लाभान्वित हुनेछन् । यो रेल प्रतिघण्टा ११० किलोमिटरको गतिमा चल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>