चितवन विशेष

आज २०८२ साल वैशाख १२ गते शुक्रबार, यस्तो छ तपाइको आजको राशिफल

Banner

चितवन, वैशाख १२-

आज मिति २०८२ साल बैशाख १२ गते शुक्रबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको आजको राशिफलः

मेषः
आवेशको निर्णयले आँटेको काम बिग्रन सक्नेछ । अवसरका लागि ठूलै प्रयत्न गर्नु पर्नेछ । विभिन्न चुनौतीका बाबजुद आफ्नो स्वाभिमान रक्षा गर्न सकिनेछ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

वृषः

शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला । आत्मीयजनसित रमाइलो भेटघाटको बिच स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

मिथुनः

न्यायिक कार्यमा सफलता मिल्नेछ । सामथ्र्यले भ्याएसम्म बेलैमा काम सक्ने प्रयत्न हुनेछ । अधुरा कार्य पूर्ण हुने समय छ । आत्म विश्वास उच्च रहनेछ । आर्थिक पक्षमा राम्रो सुधार हुनेछ ।

कर्कटः

सामाजिक काममा अलमल र खर्च हुनेछ । घरमा पनि जिम्मेवारी बढ्नेछन् भने सहयोगीहरू पछि हट्नेछन् । आफन्तको विश्वास भरपर्दो नहुन सक्छ । सकेसम्म समयावस्था बुझेर मात्र काम गर्ने प्रयत्न गर्नुपर्ने दिन रहेको छ ।

सिंहः

कामको चापले स्वास्थ्य समेत कमजोर बन्नेछ । मनले यत्तिकै पनि झर्को मान्न सक्नेछ । समस्याका बेला आफ्नैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सकेसम्म समय अवस्थाहेरी सहज रहन खोजिनुपर्ने योग छ ।

कन्याः

आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । शुभ कार्यमा सहभागी भइएला । मनपर्दो खानपानमा मन रमाईनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । समय आफू अनुकूल हुँदा धेरै कुरामा सहजता हुनेछ ।

तुलाः

भौतिक सुख, शान्ति र मानप्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । आफूले भनेकै सबै काम सम्पन्न हुँदा मन प्रसन्न रहनेछ ।
बृश्चिकः

साझेदारी मूलक कार्य नगर्नुहोला । दाजुभाइ बीच विवाद बढ्नेछ । धार्मिक आस्था बढेर जानेछ । अरुको भनाइको पछि नलाग्नुहोला । झिनामसिना कुराबाट तर्किनु नै उचित हुनेछ ।

धनुः

पारिवारिक जिम्मेवारीको भार थपिने र अभाव खट्किन सक्ने देखिन्छ । केही आलोचनाको सामना गर्नपर्ने पनि हुनसक्छ । विगतका समस्या बल्झिन सक्छन् । नबोली नहुने कुरामा मात्र आफ्नो मुख खोल्नु उचित हुनेछ ।

मकरः

नयाँ कामको थालनी र व्यापार व्यवसायमा सफलता पाइनेछ । पारिवारिक सद्भावमा मिठास आउला । आत्मबल उच्च हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । सोचेअनरुप काम सम्पन्न गर्न पाउँदा मन प्रसन्न रहनेछ ।

कुम्भः

कसैले तपाईलाई उक्साउने प्रयास गर्न सक्नेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । आफ्नो कुरालाई सरल रुपमा बुझाउनु उपयुक्त हुनेछ । अनावश्यक खर्च हुने सम्भावना भएकाले किनमेलमा भने सजग रहनुपर्नेछ ।

मीनः

आजको समय उपलब्धिमूलक रहनेछ । इच्छा अनुसारका कामकुरामा समय दिन पाइनेछ । लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>