Breaking News

चितवनमा बढ्यो गर्मी, अधिकतम तापक्रम ३९ डिग्री

Banner

चितवन, वैशाख १०-

चितवनसहित देशभर गर्मी बढेको छ । गर्मीका कारण जनजिवन प्रभावित बन्न थालेको छ । भरतपुर विमानस्थल कार्यालयको रेकर्ड अनुसार आज (बुधबार) भरतपुरको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको छ। दिउँसो तीन बजे ३९ डिग्री सेल्सियस मापन गरिएको कार्यालयले जनाएको छ । आज बिहान ६ बजे २३ र मध्यन्ह १२ बजे ३८ डिग्री तापक्रम मापन भएको कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको छ ।

त्यस्तै हिजो (मंगलबार) पनि जिल्लाको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस नै मापन भएको थियो भने सोमबार ३८ डिग्री  मापन भएको थियो । हिउँदे खडेरीपछि केही दिनअघि परेको पानीले शीतल महशुस गरिए पनि केही दिनयता जिल्लामा गर्मी बढ्दा जनजीवन प्रभावित भएको छ। बढ्दो गर्मीका कारण मानिसहरूमा आँखा पोल्ने, टाउको दुख्ने, रिँगटा लाग्ने र जिउ चिलाउने लगायत स्वास्थ्य समस्या देखिन थालेको छ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>