चितवन विशेष

चितवनलाई स्तब्ध पार्दै पोखरा क्वालिफायरमा

Banner

चितवन,बैशाख ८-

पोखरा थन्डर्स तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पुगेको छ । एफसी चितवनलाई स्तब्ध पार्दै पोखराले यात्रा अगाडि बढाएको हो । आइतबार दशरथरंगशालामा पोखरा ३–० ले विजयी भयो । पखराले चितवनसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ । पोखराको जितमा जो आइडोले दुई गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरीमा सकियो । दोस्रो हाफमा १३ मिनेटभित्र पोखराले ३ गोल गर्दै चितवनलाई स्तब्ध बनायो । पहिलो पटक प्ले अफ पुगेको चितवनको यात्रा भने इलिमिनेटरमा नै टुंगियो ।

खेलको सातौं मिनेटमा पोखराले अग्रता बनाउने मौका गुमायो । आयुष घलानको पासमा जो आइडोले बक्सको एजबाट हानेको उत्कृष्ट प्रहारलाई चितवनका गोल किपर अमल नाइटले पन्च गर्दै बचाए । खेलको १७ औं मिनेटमा पोखराका सुदिल राईको पासमा जो आइडोको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।

२५ औं मिनेटमा भने चितवनले राम्रो मौका गुमायो । सुमित श्रेष्ठले बललाई उत्कृष्ट शैलीमा अगाडि बढाए । राम्रो विल्ड अप गरे । तर उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । उनले बक्स भित्र रहेका आफ्नै टिमका खेलाडीलाई पास दिन कन्जुस्याइँ गरे । लगत्तै २८ औं मिनेटमा चितवनका भिक्टर मानसारेको सटिक पासमा टोरिक जेब्रिनले बक्स बाहिरबाट हानेको प्रहार पोखराका गोलकिपर गिल्याम प्रिसोले सानदार बचाउ गरे । पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन ।

खेलको ६३ औं मिनेटमा पोखराले अग्रता बनायो । आयुष घलानको पासमा स्टेफन बिनोङको पावरफुल प्रहारलाई गोल किपर अमल नाइटले बचाए । रिबाउन्डमा समिर तामाङले हानेको क्रस चितवनका डिफेन्डर अभिषेक लिम्बुलाई डिफलेक्ट हुँदै गोलमा परिणत भयो । पोखराले १–० को अग्रता बनायो । ७२ औं मिनेटमा पोखराले अग्रता दोब्बर बनायो । जो आइडोको प्रहार जोनाथन चितवनका जोनाथन क्याम्पबेललाई डिफलेक्ट भएर गोलमा परिणत भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>