चितवन विशेष
आज २०८२ साल वैशाख ८ गते सोमबार, यस्तो छ तपाइको आजको राशिफल

चितवन, वैशाख ७-
आज मिति २०८२ साल बैशाख ८ गते सोमबार, यस्तो छ ज्योतिष भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको आजको राशिफलः
मेषः
आजको दिन रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । साथीभाई इष्टमित्रहरुबाट साथसहयोग मिल्नेछ । भगवानप्रति भक्तिभाव बढ्नेछ । रमाइलो यात्रा हुनसक्ने दिन रहेको छ ।
बृषः
शैक्षिक कार्यमा अवरोध आउला । यात्राको सम्भावना देखिन्छ । कृषि सम्बन्धि कार्यबाट सन्तोष हुनेछ । वाद विवादबाट भने जोगिनु पर्ने दिन रहेको छ ।
मिथुनः
अकस्मात धनहानीको योग रहेको छ । नोकरी तथा व्यापार व्यवसायमा समस्या आउनेछ । गोप्य रहस्य पत्ता लाग्नेछ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ ।
कर्कटः
मान सम्मान मिल्नेछ । शिक्षा तथा स्वास्थ्यका दृष्टिले दिन राम्रो रहेको छ । नसोचेको धन लाभ हुन सक्ने योग छ । पारिवारिक विषयवस्तुमा कुनै विवाद चलिरहेको थियो भने सुल्झिने समय छ ।
सिंहः
शैक्षिक कार्य सफल हुनेछ । उद्योग, व्यापार, व्यवसाय फस्टाउनेछ । विरोधिहरु किनारा लाग्नेछन् । पशुपालन वा कृषि क्षेत्रबाट लाभ आर्जन गर्न सकिनेछ ।
कन्याः
धनसम्पत्ती तथा पेय पदार्थको नोक्सानी हुने योग छ । पारिवार तथा सन्तानमा सुख कम हुनेछ । आजका दिन कार्यक्षेत्रमा सकेसम्म कुनै पनि कार्य अधुरो नछोड्नुहोला ।
तुलाः
शरीरमा आलस्यता उत्पन्न हुनेछ । व्यापार सन्तोषजनक हुने छैन । ईष्र्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्नेछन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला ।
बृश्चिकः
रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय तथा अध्ययनको मार्ग शुभ रहेकाछन् । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ ।
धनुः
मानसिक तथा शारिरीक समस्या आउनेछ । अनावश्यक रुपमा नसोचेको काममा धनक्षय हुनेछ । स्वस्थ प्रतिकूल हुन सक्नेछ, तर आत्मबल बढाएर काम गरेमा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
मकरः
स्वादिष्ट भोजनको अवसर जुट्नेछ । उपहार(गिफ्ट) समेत प्राप्तहुने योग रहेको छ । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । उद्योग तथा व्यापार व्यवसाय फस्टाउने छ ।
कुम्भः
काम कारोवारी एवं व्यवसायीलाई आजको दिन त्यति फलदायी हुनेछैन । चोटपटक लाग्ने संभावना उच्च रहेकाले सावधान रहनुहोला ।
मीनः
काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । विद्यार्थी तथा व्यवसायीहरुका लागि दिन सफल रहला ।सफल यात्राको सम्भावना छ । पुरानो समस्या सुल्झाउन सकिनेछ ।























