चितवन विशेष

राजनीतिक स्थायित्व दिनका लागि कांग्रेस र एमालेको सरकार बनेको होः मन्त्री सिंह

Banner

चितवन, वैशाख ५-

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमानसिंहले राजनीतिक स्थायित्व दिनका लागि केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकार बनेको बताएका छन् ।

आज (शुक्रबार) चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासयकीय भवनको उद्घाटन गर्दै मन्त्री सिंहले देशको विकास गर्नका लागि कांग्रेस एमाले गठबन्धनको सरकार बनेको दोहोराएका हुन् ।

‘अहिलेको केपी ओलीको नेतृत्वमा सरकार बनेको छ । यो राजनीतिक स्थायित्व दिएर विकास गर्नका लागि बनेको हो । अहिले विकास भइरहेको छ,’ उनले भने । उनले अहिले जनताले सहज रुपमा सेवा प्रवाह पाउन थालेको बताए । उनले प्रशासकीय भवनबाट जनतालाई सहज रुपमा सेवा दिन समेत अनुरोध गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>