राजनीति

आईपीयूको स्वास्थ्य समिति सदस्यमा रास्वपा सांसद गौतम निर्वाचित

Banner

काठमाडौं, चैत २७-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम १५० औं अन्तर संसदीय संघ (आईपीयू) को महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन् ।

आईपीयूको शासकीय परिषद्ले गौतमसहित अन्य १५ मुलुकका सदस्यलाई चार वर्षका लागि निर्वाचित गरेको हो । सन् २०२९ को मार्चमा सो समितिको कार्यकाल समाप्त हुनेछ ।

महासभाको २१४ औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नतिर गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय भएको थियो ।

सोही अनुसार बनेको समितिमा नेपालको तर्फबाट सांसद गौतम निर्वाचित भएकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>