चितवन विशेष

पीटुसिटुमा अध्ययरनत बालबालिकालाई मुख स्वास्थ्यको सचेतना

Banner

चितवन, चैत २७–

बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल (पिटुसिटु) मा रहेका बालबालिकाहरुलाई डेन्टल विद्यार्थीहरुले मुख स्वास्थ्यको सचेतनासंगै आवश्यक सामग्री सहयोग गरेको छ ।

भरतपुर–५ आनन्दपुरमा रहेको सो पिटुसिटुमा अध्ययनरत ३० जना बालबालिकालाई मुख स्वास्थ्यको सचेतनासंगै दाँत सफा गर्न ब्रस र मञ्जन वितरण गरेको छ । डेन्टल स्टुडेन्ट सोसाइटी नेपाल (डिएसएसएन) र डेन्टल एशोसियसन चितवन शाखाको संयुक्त आयोजनामा डिएसएसएनको आउटरिच सिरिज अन्तरगत उक्त कार्यक्रम गरिएको आउटरिज कोअर्डिनेटर डा.अजयबाबु लामिछानेले जानकारी दिए ।

उक्त कार्यक्रममा डेन्टल एशोसियसन चितवन शाखाका उपाध्यक्ष डा.रोशन आचार्य, सचिव डा.अनिशा पाण्डे, सदस्य डा.लक्ष्मण पौडेल, पिटुसिटुका उपाध्यक्ष विष्णु खराललगायतको उपस्थिति रहेको थियो । पिटुसिटुमा सडकबाट उद्धार गरी ल्याईएका बालबालिकाहरुलाई आवासीय अध्यापन गराउने गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>