चितवन विशेष

पीटुसिटुमा अध्ययरनत बालबालिकालाई मुख स्वास्थ्यको सचेतना

०
Banner

चितवन, चैत २७–

बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल (पिटुसिटु) मा रहेका बालबालिकाहरुलाई डेन्टल विद्यार्थीहरुले मुख स्वास्थ्यको सचेतनासंगै आवश्यक सामग्री सहयोग गरेको छ ।

भरतपुर–५ आनन्दपुरमा रहेको सो पिटुसिटुमा अध्ययनरत ३० जना बालबालिकालाई मुख स्वास्थ्यको सचेतनासंगै दाँत सफा गर्न ब्रस र मञ्जन वितरण गरेको छ । डेन्टल स्टुडेन्ट सोसाइटी नेपाल (डिएसएसएन) र डेन्टल एशोसियसन चितवन शाखाको संयुक्त आयोजनामा डिएसएसएनको आउटरिच सिरिज अन्तरगत उक्त कार्यक्रम गरिएको आउटरिज कोअर्डिनेटर डा.अजयबाबु लामिछानेले जानकारी दिए ।

उक्त कार्यक्रममा डेन्टल एशोसियसन चितवन शाखाका उपाध्यक्ष डा.रोशन आचार्य, सचिव डा.अनिशा पाण्डे, सदस्य डा.लक्ष्मण पौडेल, पिटुसिटुका उपाध्यक्ष विष्णु खराललगायतको उपस्थिति रहेको थियो । पिटुसिटुमा सडकबाट उद्धार गरी ल्याईएका बालबालिकाहरुलाई आवासीय अध्यापन गराउने गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>