चितवन विशेष
‘युथ रेस’मा सुनिल प्रथम
०

चितवन, चैत २५–
३६औं जनआन्दोलन दिवसको अवसरमा प्रतिगमन, भ्रष्ट, बेतिथिका विरुद्ध र गणतन्त्रका पक्षमा भरतपुरमा खुला ‘युथ रेस’ सम्पन्न भएको छ ।
नेकपा माओवादी सम्बन्ध युवा संगठन वाइसीएल चितवन, अखिल (क्रान्तिकारी) चितवन, अखिल नेपाल ट्रेड युनियन महासंघ चितवन, र अखिल नेपाल खेलकुद महासंघ चितवनको संयुक्त आयोजनामा गोन्द्राङदेखि चौविसकोठी चोकसम्म ६ लेन सडकमा युथ रेस आयोजना गरिएको हो । उक्त प्रतियोगितामा पदमपुरका सुनिल विक प्रथम स्थान हासिल गर्न सफल भए । उनले नगद ७ हजार रुपैयाँ पुरस्कार पाए ।
यस्तै भरतपुर–९ शरदपुरका सन्दीप बराम द्धितीय र भरतपुर–१२ आस्था चोकका प्रमित थापा मगर तृतीय भए । उनीहरुले क्रमशः ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार पाए । यसैगरि उत्कृष्ट १० भित्र पर्न सफल अन्य ७ जनालाई जनही एक हजार रुपैयाँले प्रोत्साहन गरिएको आयोजकले जनाएको छ ।