Breaking News

रवि दाइ रास्वपाको साधारण सदस्यबाट पनि स्वतः निलम्बित भए

Banner

काठमाडौँ, चैत २३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पार्टी सदस्यता स्वतः समाप्त भएको संस्थापक महामन्त्री मुकुल ढकालले बताएका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै लामिछानेको पार्टी सदस्यता बाँकी नरहेको महामन्त्री ढकालको दाबी हो। सामाजिक सञ्जाल एक्समा मुकुल लेख्छन्, ‘विधानतः रवि दाइ राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यबाट पनि स्वतः निलम्बित भएका छन्।’

शुक्रबार उच्च अदालत तुलसीपुरले लामिछानेलाई सहकारी ठगीको कसुरमा थुनामा पठाउने आदेश दिएपछि काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेर आज भैरहवा लगिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>