Uncategorized

गीतानगरमा ५ सय ७५ जनाको आँखा परीक्षण

Banner

चितवन, चैत २२-

भरतपुर–६ गीतानगरमा एक दिने आँखा शिविर सम्पन्न भएको छ ।
नेपाल रेडक्रम सोसाइटी गीतानगर र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा आँखा शिविर सञ्चालन गरिएको सोसाइटीका गीतानगर सभापति कुमार राउतले जानकारी दिए। सो शिविरमा ५७५ जनाले आँखा परीक्षण गरेका हुन् । सो क्रममा ३४ जनालाई मोतिया बिन्दुको अप्रेसनका लागि भरतपुर आँखा अस्पताल रेफर गरिएको राउतले जानकारी दिए।
उनका अनुसार २०० भन्दा बढिलाई सहुलियत दरमा चस्मा वितरण समेत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठले रेडक्रसले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै आवश्यक सहयोगको लागि वडा कार्यालय साथमा रहने प्रतिवद्धता जनाए । स्थानिय जेष्ठ नागरिक, वौद्धिक व्यक्ति लगायत उपस्थिती थियो । कार्यक्रम संस्थाका सचिव रोशन सोतीले सञ्चालन र नारायणप्रसाद कोइरालाले शिविरको संयोजन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>