चितवन विशेष

चितवनमा दन्त चिकित्सकहरुको राष्ट्रिय सम्मेलन

Banner

चितवन, चैत २०–

दन्त चिकित्सा विधामा केन्द्रित रहेर उपचार अनुसन्धानका लागि चितवनमा दन्त चिकित्सकहरुको सम्मेलन गरिएको छ । दाँतको जरैदेखी उपचार गर्ने, दाँत भर्ने, आरसिटि गर्ने विधाका दन्त चिकित्सकहरुको सम्मेलन गरिएको सम्मेलनका सचिव डा. लिपिका श्रेष्ठले जानकारी दिइन्।

नौं वर्षपछि पहिलो पटक काठमाडौं उपत्यका बाहिर गरिएको सम्मेलनको सचिव श्रेष्ठले समन्वय गरेकी थिईन् । उनी पुरानो मेडिकल कलेजका वरिष्ठ एसोसिएट प्रोफेसर हुन् । भरतपुरमा आयोजित कन्जरभेटिभ डेन्टिस्ट्री एण्ड एन्डोडोन्टिक्स एसोसिएसन अफ नेपाल (CDEAN) को नवौं वार्षिक सम्मेलनको पहिलो दिन सय जना युवा चिकित्सकहरुको कार्यशाला गरिएको थियो । कार्यशाला तीन चरणमा गरिएको थियो । दोस्रो दिन राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमै स्नातोकोत्तर गरेका चिकित्सकहरुका बीच रोगको उपचार बारे प्रस्तुतीकरण राखिएको थियो । व्यावहारिक कार्यशालाहरूमार्फत अन्तरदृष्टिपूर्ण छलफलहरू गराइएको थियो । दुई विधाका उत्कृष्ट दुई चिकित्सकलाई अवार्ड समेत प्रदान गरिएको थियो ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिल विक्रम कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भरतपुर अस्पतालका दन्त चिकित्सा विभागका प्रमुख वरिष्ठ चिकित्सक डा. अजय न्यौपाने, पुरानो मेडिकल कलेजका दन्त चिकित्सा विभागका इन्चार्ज डा. सफल ढुङ्गेल लगाएतको उपस्थिति रहेको थियो ।

सम्मेलनमा नयाँ अनुभव र सिपको आदानप्रदान भएको कन्जरभेटिभ डेन्टिस्ट्री एण्ड एन्डोडोन्टिक्स एसोसिएसन अफ नेपाल (CDEAN) की अध्यक्ष डा. दिप्ति श्रेष्ठले बताईन् । सम्मेलनले निरन्तर सिकाइ र व्यावसायिक विकासमा CDEAN को प्रतिबद्धतालाई प्रदर्शन र सुदृढीकरण गरेको आयोजक (CDEAN) की उपाध्यक्ष डा. निशा आचार्यले बताईन् ।
सक्रिय सहभागिता र गहिरो चासो सम्मेलनको केन्द्र बनेको सम्मेलनकी संयोजक प्रा.डा.रिमा जोशीले बताईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>