चितवन विशेष
खेतमा पानी लगाउन मोटरको ‘स्विच अन’ गर्दा करेन्ट लागेर घाइते
०

चितवन, चैत १८-
चितवनको राप्ती नगरपालिका–५ भण्डारामा धान रोप्ने खेतमा पानी लगाउन मोटरको ‘स्विच अन’ गर्दा करेन्ट लागेर एक जना घाइते भएका छन् ।
स्थानीय ४६ वर्षीय दुर्गाराज सेढाईलाई आइतबार बिहान ९ बजे करेन्ट लागेको हो । करेन्ट लागेर मध्यम घाइते भएका सेढाईलाई उपचारको लागि भरतपुर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उपचारमा निजको दाई प्रकाश सेढाई संलग्न छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























