चितवन विशेष

नारायणी कला मन्दिरमा ‘प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ सुरु

Banner

चितवन, चैत १०–

चितवनमा पहिलोपटक अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु भएको छ ।

तरङग नाट्य समूह, कर्मी चौतारी र नारायणी कला मन्दिरको संयुक्त आयोजना तीन दिनसम्म चल्ने ‘प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८१’ नारायणी कला मन्दिरमा आजदेखि सुरु भएको हो । नाट्य महोत्सवको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले समुद्घाटन गरे । उनले यस किसिमको महोत्सवले कला संस्कृति संरक्षणमा मद्धत पुग्ने बताए ।

कलाकार विजय बरालले चितवनमा पुनः नाटक प्रस्तुतीले कला संरक्षणमा सहयोग पुग्ने बताए । नारायणी कला मन्दिरका अध्यक्ष रोहित श्रेष्ठले पहिलोपटक आयोजना गरिएको यो महोत्सव सफल बनाउन सबै चितवनबासीमा आह्वान गरे । महोत्सवको पहिलो दिन नेपाली र जापानी कलाकारहरुको संयुक्त नाट्य प्रस्तुती ‘कन्दता र सकुन्तला’ र नेपाली कलाकारहरुले बिम्बका भरियाहरु’ प्रस्तुत गरेका थिए ।

महोत्सवमा नेपालसंगै, भारत, जापान, पाँच देशका कलाकारहरुले नाट्य प्रस्तुती दिने महोत्सवका निर्देशक अन्जन प्रदिपले जानकारी दिए । उनका अनुसार नाटक हेर्नका लागि प्रवेश निःशुल्क गरिएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area