चितवन विशेष
चितवनको कालिकामा रुखबाट लडेर एक जना घाइते
०

चितवन, चैत ९-
कालिका नगरपालिका–९ शक्तिखोरमा रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जना घाइते भएका छन् ।
स्थानीय ४३ वर्षीय टेक बहादुर गुरुङ घर नजिकैको आँपको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएको प्रहरी चौकी जुटपानीले जानकारी दिएको छ ।
घाइते गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको डाढमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको छ ।