चितवन विशेष
माओवादी केन्द्रले आज माडी र भरतपुरको कसरामा जागरण सभा गर्दै

चितवन, चैत ९-
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी माओवादी केन्द्रले आज माडी र भरतपुर–२३ कसरा चोकमा जागरण सभा गर्दै छ । जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्गत माओवादीले जागरण सभा गर्न लागेको हो ।
माओवादी चितवन संयोजक रामचन्द्र अधिकारीले अभियानअन्तर्गत आज माडीमा सभालगायतका कार्यक्रम हुने छन् । त्यसैगरी दिउँसो भरतपुर महानगरपालिकाको जगतपुर कसरा चोकमा पनि सभा आयोजना गरिएको संयोजक अधिकारीले बताए ।
माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता दिवाकर भुषाल, निलकण्ड सुवेदी ‘सुवास’लगायतका सहिदको सालिकमा माल्यार्पण गरेका छन् ।
त्यस्तै, कसरामा दिउँसो साढे १२ बजेदेखि सुरु हुने जागरण सभालाई ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।
तराई–मधेश जागरण अभियान मधेश प्रदेशबाट शुक्रवार बागमतीमा आइपुगेको हो । पर्साको ठोरी आठघरेमा कार्यक्रम सम्पन्न गरेर माओवादी अध्यक्ष दाहाललगायतको टोली माडी बगई हुँदै भरतपुर प्रवेश गरेको हो ।