खेलकुद

राष्ट्रिय महिला फुटबलमा रौतहटसँग पुलिस पराजित

Banner

चितवन, चैत ३-
विभागिय टोली नेपाल पुलिस क्लबलाई हराउँदै रौतहट एफसी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चितवनमा जारी प्रतियोगितामा रौतहटले पुलिसलाई १-० ले पाखा लगाएको हो ।

 

रौतहटको जितमा अनिता राना मगरले एक मात्र निर्णायक गोल गरिन् । उनले ३१ औँ गरेको गोलले पुलिसलाई निराश बनायो । खेलमा पुलिसले रौतहटलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन । रौतहटकी गोलकिपर उषा थापाले सानदार प्रदर्शन गरिन् । उनी नै प्लेयर अफ दि म्याच भईन् । उनले १० हजार रुपैँया प्राप्त गरिन् ।

प्रतियोगितामा भोलि सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र बागमती युथ क्लब सर्लाही भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सुरु प्रतियोगितामा ८ टोली सहभागि छन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>