खेलकुद

चितवनमा राष्ट्रिय महिला फुटबल हुँदै

Banner

चितवन, फागुन २९-

चितवनमा चैत २ गतेदेखि राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा प्रतियोगिता हुन लागेको हो ।

भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा चैत ९ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी हुने आज (बिहीबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । प्रतियोगितामा एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चितवन, मकवानपुर, रौतहट, बागमती र संकटा क्लब सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा चितवन र मकवानपुर भिड्नेछन् । खेल दिउँसो २ बजे हुने चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालन गर्न ३३ लाख ५४ हजार रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>