चितवन विशेष
नेपाल तरुण दलले सुरु गर्यो पूर्णकालिन सदस्यता वितरण

चितवन, फागुन २८-
नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुणदल चितवनले पूर्णकालिन सदस्यता वितरण सुरु गरेकौ छ । नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङले मंगलवार यहाँ एक कार्यक्रमका बीच पूर्णकालिन सदस्यता बितरण सुरु गर्नु भएको हो ।
पार्टी कार्यालय कमलनगरमा आयोजित कार्यक्रममा उहाँले तरुण दलले नै काँग्रेसकौ गुमेकौ शाख फिर्ता गर्ने वताउनुभयो । तरुण दलको पाचौ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न आफुरु लागि परेको बताउँदै उहाँले अन्य दलको हल्ला प्रति तरुणदल चनाखो हुन आबश्यक रहेको बाउनुभयो ।
अध्यक्ष गुरुङले पूर्वराजा ज्ञानेन्द्रले श्रीपेच आफैले नछोडी जनताले छोड्न बाध्य वनाएको वताउनुभयो । संघीय गणतन्त्रको संसद छिरेर सपथ खाएर तलव भत्ता खाने अनि यो व्यवस्था मान्दैनौ भनेर बुकुर्सी मार्नेहरुलाई संसद पदबाट राजिनामा गर्न चेतावनी समेत दिनुभयो ।
कार्यक्रममा भरतपुर महानगर तरुण अध्यक्ष चित्रबहादुर राणालाई नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङ्ज्युले पुर्णकालिन फाराम हस्तान्तरण गर्नुभयो । कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय सदस्य निर्मल पौडेल, घनश्याम पौडेल (श्याम), दिपक अधिकारी, सरिन घिमिरेले जिल्लामा काँग्रेस र तरुण दलको अहिलेको अबस्थाबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनाल, पार्टीका पूर्व सभापति विकास कोइराला एवं तरुण दल चितवन जिल्ला अधिवेशन संयोजक राजन ताम्राकार लगायतले बोल्नुभएको थियो ।