चितवन विशेष

भरतपुरमा एक सय ५० जना महिलाको स्तन तथा पाठेघर मुखको क्यान्सरको स्क्रिनिङ

Banner

चितवन, फागुन २५-

११५ औं अन्तराष्ट्रीय नारी दिवशको अवसरमा भरतपुरमा महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको छ ।

आधुनिक उपकरणसहित भरतपुर महानगरपालिका वडा नम्बर २२ स्थित पटिहानी स्वास्थ्य चौकीमा एक सय ५० जना ग्रामिण भेगका महिलाको महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको हो । नारायणगढ लेडी जेसीज तथा भरतपुर महानगरपालिका वडा नम्बर २२ ले संयुक्त आयोजना कार्यक्रममा १ सय ३ जनाले भिडियो एक्सरे सेवा लिएका थिए ।

नारायणगढ लेडी जेसीजका अध्यक्ष एलिना श्रेष्ठले ग्रामिण भेगका महिलालाई लक्षित गरेर शिविर आयोजना गरिएको बताउनुभयो ।

स्क्रिनिङ भन्नाले क्यान्सर हुनुभन्दा पूर्वावस्था थाहा पाउनका लागि गरिने जाँच हो । यसले लक्षण नदेखिँदैको सुरुआती चरणको अवस्थामा नै रोगको पत्ता लगाई शीघ्र उपचारमा सहयोग पुग्दछ । नेपाल तथा विकासशील मुलुकहरुमा पाठेघरको मुखको क्यान्सरपछि महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर स्तन क्यान्सर हो । समयमै स्क्रिनिङ गर्न नपाउँदा पाठेघरको मुखको क्यान्सरबाट बर्सेनि सयौँको संख्यामा नेपालमा महिलाहरूले अकालमै ज्यान गुमाउनु परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>