चितवन विशेष
भरतपुरसहित विभिन्न आठ सहर ‘अस्वस्थकर’
०

चितवन, फागुन २५-
चितवनको भरतपुर सहित आज (आइतबार) देशका विभिन्न सहर प्रदूषित बनेको छ । बिहान ११ः३० बजे भक्तपुर ‘सर्वाधिक’ प्रदूषित रहँदा चितवनको भरतपुरसहित देशका अन्य आठ सहर पनि प्रदूषित भएको हो ।
वातावरण विभागको तथ्यांक अनुसार उक्त समय भक्तपुरको वायुको गुणस्तर मापदण्ड (एक्यूआई० १७० रहँदा काठमाडौंका शंखपार्क र रत्नपार्कको एक्यूआई क्रमशः १६७ र १६२ रहेको थियो । यस्तै चितवनको भरतपुर, ललितपुरको भैँसेपाटी र खुमलटार, काभ्रेको धुलिखेल र दाङको देउखुरीको एक्यूआई पनि १५१ देखि १६० सम्म छ । यीबाहेक अरू सहरमा एक्यूआई १५० भन्दा कम छ ।
एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























