चितवन विशेष
स्वस्तिक नेपाल भरतपुरको पद हस्तान्तरण

चितवन, फागुन २३-
स्वस्तिक नेपाल भरतपुरको पद हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। माघ २६ गते सम्पन्न १८औँ स्थापना दिवस एवम् अधिवेशनबाट आगामी २ वर्षका लागि सुमनकुमार श्रेष्ठको अध्यक्षतामा निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको हो।
उपाध्यक्षमा अर्जुन अधिकारी, महासचिवमा प्रेम बराल, कोषाध्यक्षमा अमर बहादुर कुँवर, सचिवमा नमराज फुयाल, सदस्यहरुमा सुजन सिंह अधिकारी, नवराज मरहठ्ठा, रामहरि घिमिरे, मदन अधिकारी रहेका छन् । पद ग्रहणसँगै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आगामी २ वर्षमा स्वास्थ्य र शिक्षाको क्षेत्र, विभिन्न सरकारी, व्यवसायिक संघ संस्थासँग समन्वय गर्दै दीर्घकालीन योजनासहित कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे।
संस्थापक अध्यक्ष हिरामान महर्जनको प्रमुख आतिथ्य एवम् निवर्तमान अध्यक्ष नारायण कँडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत एवम् पूर्व अध्यक्ष राजन अधिकारी, निर्वाचन अधिकृत एवम् पूर्व अध्यक्ष सुदिप सिंह अधिकारी, भरत मल्लले बधाई सहित सामूहिक रूपमा प्रमाण पत्र प्रदान गरे ।
कार्यक्रममा संस्थाको शैक्षिक छात्रवृत्ति अक्षय कोष स्थापना गर्न सहयोग गर्ने व्यक्तित्व, विभिन्न कार्यक्रमको संयोजन गर्ने संयोजक र संस्थाका संस्थापकलाई सम्मान गरिएको थियो।
कार्यक्रममा पूर्व अध्यक्ष गणेश प्रसाद पौडेल, बालकृष्ण कँडेल, उद्योग बाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम, वर्तमान कार्यसमिति सदस्य विष्णु लम्साल, चितवन उद्योग संघ चितवनका कार्यबाहक अध्यक्ष मदन घिमिरे, भरतपुर महानगरपालिका वार्ड नं ३ का वडा सदस्य राम बाहादुर लोहनी, व्यवसायी एबं समाजसेवी ऋषि तिमिल्सिना, ईश्वरी पण्डित, विमल अधिकारी, लायन्स क्लब अफ नारायणगढ मिड टाउन का पूर्व अध्यक्ष प्रकाश पौडेल, होटल व्यवसायी संघ बागमती प्रदेश सदस्य नवराज मरहठ्ठा, नारायणगढ जेसीजको पूर्व अध्यक्ष बासुदेव दवाडी लगायतको उपस्थति रहेको थियो।
२०६३ सालमा चितवनका युवा व्यवसायी, उद्यमी, समाजसेवीहरुको सक्रियतामा शिक्षा र स्वास्थ्यमा विभिन्न अभियान सञ्चालन गर्ने उद्देश्यले स्थापित यो संस्थाले विभिन्न क्षेत्रमा तालिम, गोष्ठी, सचेतना, स्वास्थ्य शिविर एबं पारिवारिक संस्थाको रूपमा विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको छ। कार्यक्रम अर्जुन अधिकारीको संयोजकत्वमा सम्पन्न भएको हो।
























