चितवन विशेष
सीतापुरमा क्होइबो धीँ निर्माण, आज उद्घाटन गरिँदै
०

चितवन, फागुन २३-
प्ये छ्या क्होइबो तमू समाजले भरतपुर–२१ सीतापुरमा क्होइबो निर्माण गरेको छ । उक्त क्होइबोको आज विधिवतरूपमा पूजापाठ गरी उद्घाटन गरिँदै छ । नवनिर्मित क्होइबो धीँको उद्घाटनअघि बिहीबारदेखि नै पूजापाठ सञ्चालन गरिएको कार्यक्रम संयोजक नारायण थिम्जे तमूले जानकारी दिए ।
क्होइबो उद्घाटनको लागि पच्यु खेगीद्वारा छ्योपा त्हें (सृष्टि पूजा), क्ल्हेप्रीद्वारा पैल्हु त्हें (कूल पूजा), बोन लमद्वारा ह्योंखु त्हें (सह पूजा) सञ्चालन गरिएको उनले बताए ।
आज बिहान १० बजेदेखि विविध सांस्कृतिक कार्यक्रमसहितको भव्य कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तमूले जानकारी दिए । कार्यक्रममा उपस्थित हुनका लागि विभिन्न समूहलाई मौलिक पोषाकसहित ब्यानर लिएर आउन आग्रह गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























